प्रदेशको औचित्यमा प्रश्न गर्नु पश्चगामी सोच हो | Khabarhub Khabarhub

प्रदेशको औचित्यमा प्रश्न गर्नु पश्चगामी सोच हो


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बाबुराम गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेश १ को सभामुख निर्वाचित भएका छन् । अरू प्रदेशले नामकरण पाइरहँदा प्रदेश १ ले भने अहिलेसम्म नाम पनि पाएको छैन । यो प्रदेश नामाकरणका लागि ठूलो विवाद छ । सत्ता समीकरणमा फेरबदल हुन सक्ने सम्भावनाकाबीच सभामुख चयन भएका प्रदेश १ का सभामुख बाबुराम गौतमसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

सबै राजनीतिक दलहरूलाई मिलाएर लैजान एक सभामुखका लागि कति चुनौति हुन्छ ?
सभामुखको भूमिकामा रहँदै गर्दा यसका धेरै बहु आयामिक जिम्मेवारी छन् । प्रदेश १ का धेरै कानुनी अभावहरू छन् । कानुनी आधारहरू बनिसकेका छैनन् । जसको विकासका कार्यमा निरन्तर लागि पर्ने बाचा दिन्छु ।

प्रदेश १ को नामाकरणका हिसाबमा दलहरूको कुन नाममा चाहिँ बढी अडान लिएका छन् ?
धेरै जसो हिस्सा ठूलो छ । नामको विषयवस्तुमा प्रवेश गरेर सुरु नगरेको अवस्था छ । सभामुखको हिसाबले भन्नु पर्दा सबै दलहरूलाई एउटा नाम सर्वस्वीकार्य नाम त्यहाँको भूगोल, संस्कार, संस्कृति झल्कने नाम राख्न आवश्यक छ । यही अङ्कगणित छ भन्न नसक्ने अवस्था छ । सरकारको प्राथमिकतालाई पनि ध्यानमा राख्न जरुरी छ ।

पुरानो गठबन्धन भएको भए तपाई सभामुख पद पाउनुमा के भन्नु हुन्छ ?
गठबन्धनको तथा दलहरूको सङ्ख्या छ त्यस हिसाबले मेरो हात माथि पर्छ भन्ने लागेको थियो । मैले प्रतिनिधित्व गर्दा दलको सङ्ख्या बढी भएकोले असहज हुन्छ जस्तो लाग्दैन । आन्दोलनको हिसाबले भूमिका परिवर्तन हुन सक्छ । पहिले देखिने आकर्षणको पदका रूपमा रहेको छ । सभामुखको रोल राष्ट्रपति रोल जस्तो त नहुन सक्छ ।

प्रदेशमार्फत हुने काम कारबाहीमा असहज भएको कारण यसको औचित्य माथि प्रश्न खडा हुनुमा के भन्न चाहनु हुन्छ ?
प्रदेशको औचित्यको बारेमा हामी कुनै भ्रममा रहनु हुँदैन । प्रदेश केन्द्रीकृत संसदीय व्यवस्थाबाट जनताले जति लाभ लिनुपर्ने हो त्यसमा कमी भएको तथा लिन नसकेको पाइन्छ । अहिले जनताको पहुँच सिधा सरकारमा पुगेको छ । केन्द्रीय सरकारलाई धेरै कम लोड परेको अवस्था छ । जसमा स्थानीय तह बलियो हुँदै गएको अवस्था छ र कार्यकारी सरकार पनि हो । प्रदेशको औचित्यमा प्रश्न गर्नु भनेको हामी पश्चगामी सोचमा जानु हो ।

पछिल्लो समय राजनीति निकै अस्थिर देखिन्छ, नेपाली राजनीतिको रोग खासमा के रहेछ ?
नेपाललाई कसरी अगाडि बढाउने भन्ने सोच तपाई हामी सबैले सोचेको हुन्छ । राजनीति गरेपछि राज्यको निकायमा पुग्नु नै हो । राजनीति गरेर विभिन्न सोच राख्न जरुरी रहँदैन । गरिब देशका मान्छे हौँ धेरै सीमाहरू रहेका छन् । जस कारण पनि हामी सानो कुराले पनि प्रभावित हुने गरेको छ । राजनीतिक नेतृत्वले विचारलाई केन्द्रित गरेर कार्यलाई अगाडि बढाउन आवश्यक छ । बिचार भन्दा बाहिर पनि धेरै कार्य भएका भने छन् त्यो एक नकारात्मक पक्ष हो ।

अहिले एमाले र माओवादीको गठबन्धन छ । आलोपालो सरकार चलाउने सहमति छ, यो गठबन्धन दिगो जाने आधार के छ ?
सरकारमा बहुरूपी मान्छे रहेका छन् । उत्तर र दक्षिण फर्केका मान्छेको समूहले यो सरकार बनेको छ । नेपाली काँग्रेसले दिएको समर्थनलाई पर राखेर पनि चार तिर फर्केको प्रवृत्ति र चुनौतीहरू छन् । चुनौतीलाई सफलता पूर्वक पुरा गर्न सक्नु पर्छ ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ३ : ४६ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी