कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठक बारे छलफल « Khabarhub

कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठक बारे छलफल


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ ।

सो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, अन्य नेताहरुको आज यहाँ भएको भेलामा यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल भएको हो । साथै भेलामा निर्वाचनको परिणाम पछिको अवस्था, पार्टीका भ्रातृ र शुभेच्छुक संस्था गठन तथा पूर्णता दिने, प्रभावकारी र चलायमान बनाउनुपर्नेलगायत विषयमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

नेताहरुले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत, सरकारप्रतिको धारणा, आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशालगायत विषयमा नेताहरुले धारणा व्यक्त गरेका थिए । नेताहरुले बोल्ने क्रम निरन्तर रहेको र मंगलबार पुनः भेला हुने बताइएको छ ।

भेलामा नेता डा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु, प्रदेश सभापति, जिल्ला सभापतिलगायत नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ०८ बजे

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र