आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीको हिमाली क्षेत्रमा हिमपात | Khabarhub Khabarhub

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीको हिमाली क्षेत्रमा हिमपात


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश १ का पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उता, राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुँदै देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया मौसम सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै प्रदेश १ का पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : १२ बजे

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं– उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको

अहिलेको व्यवस्थाले सबैलाई अवसर दिएको छ : मधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको

बजेट २०८१/८२ : सिलिङ मिच्दै प्रतिबद्धता दोहोर्‍याउने बाध्यतामा अर्थमन्त्री

काठमाडौं – दोस्रोपटक अर्थमन्त्री भएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव

नौमती बाजाको रहर लाग्यो बरी लै !

विराटनगर- एक समय भनिन्थ्यो, ‘बाहुनहरूले बाजा छुनै हुँदैन, बिहेमा बाजा

सलामी, गुलामी र मलामी मोह

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवती भुतुक्कै हुन्थे। तर उनको प्रेम