बेलबारीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु  | Khabarhub Khabarhub

बेलबारीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो।  साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी-२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।  बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी-२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ। 

बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका-२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : ३६ बजे

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण