बाल क्लबको सक्रियताले घट्दै बालविवाह | Khabarhub Khabarhub

बाल क्लबको सक्रियताले घट्दै बालविवाह


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लबहरुको सक्रियता भारी मात्रामा बढेको छ ।  पालिका भित्रका सबै वडाहरूमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ । विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरू सक्रिय रहेको जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष प्रतिमा रोकायले जानकारी दिइन् ।

बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उनको भनाइ छ । बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भोगेकाहरूले बोलचाल बन्द नै गरेको प्रगतिशील बाल क्लब कुशे ४ का अध्यक्ष रविन्द्र आचार्यले बताए । 

बालविवाह रोक्नका लागि कुशे गाउँपालिकामा वडा बालअधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिसमेत सक्रिय रहँदै आएको  प्रहरीले बताएको छ । प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लबको सक्रिय सहभागिता रहँदै आएको छ ।  कुशेमा ५२ वटा बालक्लब, ९ वटा बाल अधिकार समिति, १ वटा नागरिक समाज सञ्जाल बालविवाह रोक्ने काममा सक्रिय रहेको पहाडी क्षेत्र विकास अभियान बालसंरक्षण, बालअधिकार शासन परियोजना संयोजक जितेन्द्रबहादुर बुढाले बताए ।

एक वर्षभित्र कुशेमा बाल क्लबको सक्रियाताका बिभिन्न निकायको सहयोगमा कुशे १ नम्बर ५ वटा बालविवाह रोकिएका छन् । त्यस्तै वडा नम्बर २ मा ३ वटा, वडा ३ मा १ वटा , वडा नम्बर ४ मा २ वटा , वडा नम्बर ५ मा १ वटा बालविवाह रोकिएको बुढाले बताए । त्यस्तै वडा नम्बर ६ मा १ , वडा नम्बर ७ मा ३ वटा , वडा नम्बर ८ मा ५ र वडा नम्बर ९ मा १० वटा बालविवाह रोकिएको उनले बताए । 

बुढाका अनुसार बाल क्लबकै सक्रियतामा गाउँपालिका भरी बालश्रम गर्न बाध्य पारिएका बालबालिकालाई श्रमबाट छुट्कारा समेत गराएको छ । वडा नम्बर २ मा ३ वटा , वडा नम्बर ३ मा वटा , वडा नम्बर ७ मा ५ वटा  , वडा नम्बर ८ मा ४ वटा र वडा नम्बर ९ मा २ वटा बालश्रमका घटनाहरू सार्वजानिक भएलगत्तै समस्या समाधान गरिएको गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष दाना सिंहले जानकारी दिइन् ।

 बालविवाह गरेर बाल क्लबको सक्रियतामा उक्त बिहे रद्द गरिएकामध्ये ९६.१५ प्रतिशत विद्यालयमा नियमित आउनेदेखि दैनिक शैक्षिक क्रियाकलापमा सहभागी भएको सञ्जालका अध्यक्ष सिंहले बताइन् । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा कुशे गाउँपालिकाका-२ वटा वडाहरूमा बालमैत्री वडा घोषणा गरिएको छ ।

पालिकाको वडा नम्बर १ र ९ लाई बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ एवं घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सूचक पूरा गरी उक्त घोषणा गरिएको हो । त्यस्तै गाउँपालिकाले वडा नम्बर ५ र ४ लाई २०८० भित्र घोषणा गर्ने लक्ष्य राखिएको रमेश खड्का मगरले जानकारी दिए । 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १ : ०९ बजे

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न

सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए