छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा | Khabarhub Khabarhub

छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यस वर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

त्यस्तै गत वर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख रुपैयाँ बराबरको आयात हुँदा १० करोड ३६ लाख रुपैयाँ बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ६० रुपैयाँ बराबरको आयात र १० लाख २० हजार रुपैयाँ बराबरको निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

त्यसै गरी,  २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको अप्रशोधित पाम आयल र  १४ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।

छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार चार अर्ब ८९ करोड ७३ रुपैयाँ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगन्ज भन्सार हो । वीरगन्ज भन्सारबाट छ महिना अवधिमा तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगन्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबर निर्यात भएको छ । विराटनगर भन्सारबाट एक अर्ब ६ करोड ९० लाख १९ हजार रुपैयाँ बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ४४ बजे

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज