बञ्चरे डाँडामा ‘क्यापिङ्’का लागि माटो पाउन कठिन | Khabarhub Khabarhub

बञ्चरे डाँडामा ‘क्यापिङ्’का लागि माटो पाउन कठिन


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ ।

विगत सात महनादेखि काठमाडौँ उपत्यकाको फोहर उक्त स्थानमा विसर्जन हुँदै आएको छ । उक्त स्थानमा फोहर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ । फोहरलाई खुला छोड्न पाइँदैन । त्यसलाई हरेक दिन छोप्नुपर्छ । यसरी छोप्नका लागि माटोको उपलब्ध गर्न कठिन भएको छ । माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिको अवरोधका लागि समस्या भएको हो ।

कामपाको प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा राखिएको फोहरलाई व्यवस्थापन गर्नका लागि दैनिक ५० टन माटोको आवश्यकता पर्छ । दैनिकरुपमा नै माटो धेरै आवश्यक पर्छ हाल व्यवस्थापनका लागि माटो ल्याउने स्थान अलि टाढा छ । उक्त स्थानबाट माटो निकाल्न पनि समस्या छ सर्धैँ यसरीले ल्याउन मिल्ले अवस्था नभएको प्रवक्ता मानन्धरले बताए ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेका छन् ।

उपत्यकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको हो । विगत सात महिनादेखि ‘सेल वान’मा मात्रै फोहरको व्यवस्थापनको काम हुँदा लेवल मिलाउन अलि समस्या भएको भन्दै कामपाले ‘सेल टु’मा पनि फोहर व्यवस्थापनको लागि सहज गरिदिन सहरी विकास मन्त्रालयसँग कामपाले आग्रहसमेत गरेको छ । ‘सेल वान’मा फोहरको थुप्रो बढी भइसकेकाले ‘सेल टु’ पनि प्रयोगमा ल्याउन सके फोहर व्यवस्थापनमा सहज हुने कामपाको भनाइ छ ।

अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा ‘सेल वान’मा मात्रै फोहर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरको भनाइ छ । अहिले फोहरबाट निष्कने तरल पदार्थ ९लिचड० रहने स्थान पनि भरिएको कारण समस्या भएको कामपाको भनाइ छ ।

गत साउन महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि उपत्यकाबाट सबै किसिमको फोहर अन्तिम विसर्जन स्थानमा लानुपर्ने बाध्यताको कारण छोटो समयमानै लिचड राख्ने स्थान भरीएको बताइएको छ ।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ । प्रमुख श्रेष्ठले भने, “कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकारसँग छलफल गरिरहेको छ । स्थान प्राप्त हुन बित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ ।”

विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्ट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : ३३ बजे

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।