बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्।

आज दिउँसो ३ बजे सुरु हुने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतलिने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच विवाद देखिएको छ ।

सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबिच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर मतभेद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुङ्गो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । माओवादी केन्द्र भने पहिले विश्वासको मत टुङ्ग्याएर अन्य प्रक्रियामा लाग्नुपर्ने पक्षमा देखिएको छ ।

राष्ट्रपतिको निर्वाचनसँगै संघमा पुरानो गठबन्धन ब्यूतिएपछि प्रदेशसरकार पनि पुनर्गठन हुन लागेका हुन्। तर एमाले भने प्रदेश सरकारबाट बाहिरिसकेको छैन।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : २३ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना