मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली । « Khabarhub

मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली ।


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ ।

प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र मोदीको तस्बिर समेत राखिएको छ ।  

प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो । दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आज भारत प्रस्थान गर्दै छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

तस्बिर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १० : ०४ बजे

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

ओटावा– क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष

मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली ।

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको निरीक्षणमा निस्किन मन्त्री वादी

ललितपुर– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ– मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर– जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन तथा विस्तार गर्ने