मलेसियाले विदेशी श्रमिक ल्याउन रोजगारदातालाई नयाँ स्वीकृति नदिने « Khabarhub

मलेसियाले विदेशी श्रमिक ल्याउन रोजगारदातालाई नयाँ स्वीकृति नदिने


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसिया सरकारले विदेशी कामदार ल्याउने विषयमा तत्काल रोजगारदातालाई नयाँ स्वीकृति नदिने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले गएको मार्च १४ सम्म विभिन्न कोटामार्फत रोजगारदाताले माग गरेका ९ लाख ९५ हजार ३९६ विदेशी श्रमिकको लागि स्वीकृति दिएको थियो।

अहिलेसम्म स्वीकृत गरेका विदेशी श्रमिकको कोटाले प्रमुख श्रम क्षेत्रका मागहरु पूरा गर्न पर्याप्त हुने भएकाले नयाँ निवेदन लिन र स्वीकृति दिन बन्द गरिएको मानव संसाधन मन्त्री भी शिवकुमारले बताए । ‘स्वीकृत भएका विदेशी श्रमिकको कोटा अहिलेको आवश्यकता पूर्ति गर्न पर्याप्त छन्’,’हामीले स्वीकृति दिइसकेकोलाई ल्याउने हो। कागजात नभएका कामदारहरूलाई पुन: क्यालिब्रेसन योजना अन्तर्गत समेटेका छौँ ।’उनले भने । मन्त्री भी शिवकुमारको भनाइलाई उद्धृत गर्दै मलेसियाको न्युज एजेन्सी बर्णमाले जनाएको छ ।

मलेसियाको सरकारले गत जनवरी १७ देखि यही मार्च ३१ सम्मको लागि विदेशी श्रमिक भर्तीलाई खुकुलो पार्ने योजना ‘पीकेपीपीए’ ल्याएको थियो । तर अवधि सकिनुअगावै मार्च १८ देखि यो योजना अन्तर्गत रोजगारदाताबाट विदेशी श्रमिकको लागि निवेदन लिन र स्वीकृति दिन स्थगित गरिएको हो ।

उत्पादन, निर्माण, प्लान्टेशन, कृषि र सेवामा रेस्टुरेन्ट क्षेत्रको लागि विदेशी श्रमिक ल्याउन पाउने गरी श्रमिक भर्ना नियम खुकुलो बनाएको थियो । यो संख्या महत्वपूर्ण क्षेत्रलगायत सबै क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको माग पूरा गर्न पर्याप्त रहेको कोटा पुगेको बताए।

उनले आ-आफ्नो कोटामा स्वीकृत भएका रोजगारदातालाई तोकिएको अवधिभित्र मलेसिया ल्याउने प्रक्रियालाई तीव्रता दिन आग्रह गर्दै कुल स्वीकृतिको तुलनामा प्रवेश गर्नेको संख्या न्यून रहेको बताए । मलेसियामा विभिन्न पेसा गरी करिब चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको बताइन्छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ५३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको