अमेरिकाले खोजेको भर्सटाइल पौडीबाज | Khabarhub Khabarhub

अमेरिकाले खोजेको भर्सटाइल पौडीबाज


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुन महिनामा अमेरिकाको राष्ट्रिय च्याम्पियनसिपले यस वर्ष हुने विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्नेछ। केलेब ड्रेसेलको उपस्थिति सन्देहकै घेरामा रहेको यस वर्षको प्रतियोगितामा सन कासासको शानदार फर्म, बब उमसँग प्रशिक्षण सुरु गरेकी रेगन स्मिथको नयाँ लय र एनसीए पौडीमा केट्टी डगलसको सनसनी लङ कोर्समा पर्ने असर लगायत कुरा धेरैका चासो बनेका छन्।

त्यसो त क्यानडाकी टिन एजर समर म्याककन्टोस र अष्ट्रेलियाकी केली म्याककोन धेरै अमेरिकीका लागि टाउको दुखाइको विषय बनेका छन्। गत विश्व च्याम्पियनसिपमा चार सय मिटर व्यक्तिगत मेड्ली र दुई सय मिटर बटरफ्लाइमा स्वर्ण पदक जितेकी म्याककन्टोस दुई सय मिटर व्यक्तिगत मेड्लीमा पनि त्यत्तिकै उत्कृष्ट छिन्। अमेरिकाको राष्ट्रिय च्याम्पियनसिपपछि विश्व पौडीको नयाँ दिसा प्रष्ट हुनेछ।

प्रत्येक दुई वर्षको अन्तरालमा हुने गरेको विश्व च्याम्पियनसिप सन् २०२२ देखि २०२४ सम्म प्रत्येक वर्ष आयोजना हुने भएको छ। यो तीन वर्षलगातार विश्व च्याम्पियनसिपका लागि समय जुर्नुको मुख्य कारण भने कोभिड–१९ महामारी नै हो।

सन् २०२० मा जापानको टोकियोमा निर्धारित टोकियो ओलम्पिक २०२१ का लागि सरेपछि त्यसै वर्ष जापानको फुकोओकामा हुने भनिएको विश्व च्याम्पियनसिप २०२२ मा जापानको फुकोओकामा तथा सन् २०२४ मा कतारको दोहामा आयोजनाको निर्णय गरेको हो।

जापानले सन् २०२२ को विश्व च्याम्पियनसिप २०२३ का लागि सारेपछि सन् २०२२ मै फिनाले हंगेरीलाई विश्व च्याम्पियनसिपको आयोजनाको अवसर दिएको हो।

विश्व पौडीमा अमेरिकी टोलीको पकड सन् २००० यता आएर विगतको तुलनामा कमजोर बनेको छ। यो पकड सन् २०१५ को काजानमा भएको विश्व च्याम्पियनसिपसम्म आइपुग्दा धेरै नै खस्किएको थियो। यसका बाबजुद सन् २०१६को रियो ओलम्पिकमा माइकल फ्लेप्स टोलीमा मात्र फर्केनन्, अन्य स्टार पनि एकाएक फर्ममा आए पछि अमेरिकाले सानदार सफलता पाएको थियो। त्यो सफलता सन् २०१७ मा भएको विश्व च्याम्पियनसिपसम्म कायम रहे पनि सन् २०१९ बाट ओरालो लागेको छ।

सन् २००० यता अमेरिका कुनै व्यक्तिगत स्टारको सेरोफेरोमा घुमेको छ। सन् २००० देखि २०१२ सम्म फ्लेप्सको सेरोफेरोमा घुमेको अमेरिकी पौडी सन् २०१६ मा फेलेप्स र केट्टी लेडेक्कीको स्टार डममा धेरै निर्भर रहेको थियो। रियो ओलम्पिकमा अमेरिकी पौडी टोलीले १६ स्वर्ण पदक जितेको थियो। फ्लेप्सले ५ स्वर्ण र एक रजत पदक जितेका थिए भने लेडेक्कीले चार स्वर्ण पदकका साथै एक रजक पदक जितेकी थिइन्।

फ्लेप्सको संन्यासपछि अमेरिकी पौडीमा छाएका ड्रेसेलले सन् २०१७ को विश्व च्याम्पियनसिपदेखि २०२१ को ओलम्पिकसम्म लगातार आफ्नो प्रभाव देखाएका थिए। यस बीचमा ५० मिटर फ्रीस्टाइल, १०० मिटर फ्रीस्टाइल र १०० मिटर बटरफ्लाइमा उनको पकड थियो। १०० मिटर बटरफ्लाईमा उनले विश्व कीर्तिमान समेत राखेँ। यी नै स्टार सन् २०२२ को विश्व च्याम्पियनसिपमा एक रेस पौडेर प्रतियोगिताबाट हराएका थिए।

उनले बिचमा प्रतियोगिता छाड्नको कारण भने रहस्यको गर्भमै छ। उनी अझै पौडीको दुनियाँमा देखिएका छैनन्। उनी अबको प्रतियोगितामा देखिने या नदेखिने भन्ने कुरा पनि शंकाको घेरामा नै छ।

यसबीचमा भएको सन् २०१९ को विश्व जुनियर च्याम्पियनसिपमा भने अमेरिकी टोलीले शानदार प्रदर्शन गरेको थियो। सोही च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको टोरी हस्क र ग्लेचन वाल्स मात्र होइन कार्सटन फोस्टर र लुका ओर्लान्डो पनि स्टारको रूपमा उदाउने सम्भावना देखिएको थियो। तर, फोस्टर र वाल्स सन् २०२१ को ओलम्पिकमा छनोट समेत हुन सकेनन्। त्यसको एक वर्ष पछि फोस्टर उत्कृष्ट लयमा छन्। तर, फ्रान्सेली लियोन मर्चान्ड दुवै (२०० र ४०० मिटर) व्यक्तिगत मेड्लीमा राम्रो लयमा रहेको कारण फोस्टरले अझै विश्व स्तरीय प्रतियोगितामा राम्रो परिणाम ल्याउन कठिनाइ देखिएको छ।

दुई सय मिटर ब्याकस्ट्रोकमा समेत राम्रो रहेका फोस्टरका लागि त्यस इभेन्टमा पाउने सफलता रुसी पौडीबाजमा पनि निर्भर रहन सक्छ। सन् २०१७ देखि २०२१ सम्म एकछत्र राज गरेका यागेनी राइलोभ गत वर्षको विश्व च्याम्पियनसिपमा भने रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण सहभागी हुन पाएका थिएनन्।

अबको विश्व च्याम्पियनसिप र ओलम्पिकमा रुसी सहभागिताको विषय अस्पष्ट नै छ। युक्रेनमा जारी युद्ध अझै सकिएको छैन। कहिले सकिने भन्ने पनि निश्चित छैन। सायद सबै खेलाडीलाई तटस्थ खेलाडीको रूपमा सहभागी हुन दिने गरी विश्व च्याम्पियनसिपमा सहभागिताको अवसर प्रदान गरिने छ।

यो सिजन पुरुष ५० मिटर फ्रिस्टाइलमा नेदरल्यान्डका केन्जो सिमोन्स शीर्ष स्थानमा छन्। उनीसँगै माइकल एन्डयु, ब्राजिलका गुलरेमो सेराइब र अमेरिकाका डेभिड कर्टीस प्रतिस्पर्धामा छन्। १०० मिटर फ्रिस्टाइलमा कोरियाका ह्वाङ्ग न ओ शीर्ष स्थानमा छन्। विश्व कीर्तिमान धारी रोमानीयाका डेभिड पोपोस्कीलाइै नै विश्व च्याम्पियनसिपको स्वर्ण पदकको प्रबल दाबेदार मानिएको छ।

सुनओ २०० मिटरमा समेत शीर्ष स्थानमा छन्। चार सय मिटरमा अष्ट्रेलियाका एलीजा वेलिङटन तथा ८०० मिटरमा जर्मनीका लुकास मार्टेन्स पहिलो स्थानमा छन्। एक हजार पाँच सय मिटरमा जर्मनीका फ्लोरियन वेलब्रोक शीर्ष स्थानमा छन्।

१०० मिटर बटरफ्लाइमा अमेरिकी सेन कासास शीर्ष स्थानमा छन्। उनी र हंगेरीका क्रिस्टोफर मिलाक बीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ। दुई सय मिटरमा मिलाक विश्व स्तरमा अझै प्रतिस्पर्धीहिन मानिएका छन्।

सय मिटर ब्याक स्ट्रोकमा अमेरिकाका हन्टर आर्मस्ट्रङ पहिलो स्थानमा छन्। विश्व च्याम्पियनसिपमा उनी र विश्व कीर्तिमान धारी इटालीका थोमस केकनबीचको प्रतिस्पर्धा अर्को रोचक प्रतिस्पर्धाको रूपमा रहन सक्नेछ।

दुई सय मिटरमा ब्याकस्ट्रोकमा राइलोभ र फोस्टर मात्र होइन अस्ट्रेलियाका जोसुवा एडवार्ड अमेरिकाका डानीयल डेल पनि प्रतिस्पर्धामा रहन सक्ने छन्। १०० मिटर ब्रेस्टस्ट्रोकमा बेलायतका एडम पेट्टी अझै विश्व स्तरमा प्रतिस्पर्धा रहित मानिन्छन्। २०० मिटरमा अस्ट्रेलियाका सेबास्टीन कुक र जापानका सावमो साटोको साथमा इपी वातानाबेलाई बलियो प्रतिस्पर्धीको रूपमा यो वर्ष हेरिएको छ।

दुई सय मिटर मेड्लीमा अमेरिकाका चेज कालीज अग्र स्थानमा रहे पनि मार्चन्डलाई बलियो मानिएको छ। अमेरिकी छनोट सबै भन्दा रोचक मानिएको सो स्पर्धामा फोस्टर, कालीज, माइकल एन्ड्रयु र सेन कासास बीचमा प्रतिस्पर्धा हेर्न लायक हुनेछ। चार सय मिटरमा पनि कालीज नै शीर्ष स्थानमा रहेपछि मार्चन्ड कुनै पनि उपाधिका बलिया दाबेदारको रूपमा रहेका छन्।

महिला ५० मिटर फ्रिस्टाइलमा स्विडेनकी साहरा जोस्टर्म तथा १०० मिटर फ्रीस्टाइलमा अस्ट्रेलियाकी साइना ज्याक शीर्ष स्थानमा छन्। दुई सय मिटरमा म्याककन्टोस शीर्ष स्थानमा छिन्। चार सय मिटरमा लेडेकी शीर्ष स्थानमा रहे पनि विश्व च्याम्पियनसिपमा विश्व कीर्तिमान धारी एरियन टिटमस दाबेदार मानिन्छन्। आठ सय र १ हजार ५ सय मिटरमा लेडेकी शीर्ष स्थानमा छिन्। उनी नै उपाधिको मुख्य दाबेदार मानिन्छन्।

एक सय मिटर बटरफ्लाइमा रेगन स्मिथ शीर्ष स्थानमा रहे पनि क्यानडाकी म्यागी मेकनील, चीनकी झाङ युफाइ र अमेरिकाकी टोरी हस्क सो स्पर्धाका मुख्य दाबेदार मानिन्छन्। दुई सय मिटरमा म्याककन्टोस अन्य पौडीबाज भन्दा धेरै अगाडि रहेकी छिन्। ब्याकस्ट्रोकमा दुवै स्पर्धामा केली म्याककोन शीर्ष स्थानमा छिन्। एक सय मिटर ब्रेस्ट स्ट्रोकमा टेस साउथने तथा दुई सय मिटरमा जापानकी रियना आकी शीर्ष स्थानमा छन्।

दुई सय मिटर मेड्लीमा म्याककन्टोस शीर्ष स्थानमा छिन्। उनको र अमेरिकाकी एलेक्स वालस तथा केट्टी डगलस नै उत्कृष्ट मानिएका छन्। चार सय मिटरमा म्याककन्टस अन्य पौडीबाज भन्दा धेरै अगाडि रहेकी छिन्।

अबका दुई वर्ष अमेरिकी पौडीका लागि थुप्रै चुनौती छ। तथापि विगतका जस्तो कुनै एक भर्सटाइल पौडीबाज फर्ममा आएर टोलीलाई उठाउन सक्ने सम्भावना प्रबल छ। सायद त्यो सम्भावना, क्लेरी कुर्जान, टोरी हस्क, ग्लेचन वाल्स, रेगन स्मिथ, फोस्टर या कासास मध्ये कोही होस। स्रोत : स्वीमस्वाम, स्विमिङ वर्ल्ड म्यागेजिन

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार