शेखर कोइरालाले भन्छन्- नितान्त व्यक्तिगत फोन ट्याप गर्न पाइँदैन « Khabarhub

शेखर कोइरालाले भन्छन्- नितान्त व्यक्तिगत फोन ट्याप गर्न पाइँदैन


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नितान्त व्यक्तिगत फोन ट्याप गर्ने बुँदा उल्लेख भएर आउन लागेको कानूनप्रति आपत्ति जनाएका छन् ।

नागरिकको गोपनियता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।’

राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानव अधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल