नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्री प्रचण्डको बधाई « Khabarhub

नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्री प्रचण्डको बधाई


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाइ बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

साथै उनले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशनसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिए ।

उनले संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : २३ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण