संगीत गर्न सगरमाथा चढ्नु भन्दा गाह्रो छ | Khabarhub Khabarhub

संगीत गर्न सगरमाथा चढ्नु भन्दा गाह्रो छ

‘संगीत जीवन हो’ भन्ने भाग्यमानी संगीतकार


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

राजु सिंहको परिचय नेपाल संगीत क्षेत्रमा विशिष्ट रहेको छ। नेपाली गीत संगीत क्षेत्रका उनी विशिष्ट साधक हुन्। सधैँ सुगम र शास्त्रीय संगीतसँगै आाधुनिक संगीतमा उनले आफूलाई विलप्त गराएका छन्। नेपाली संगीतका उनै साधक राजु सिंहसँग प्रभा थापाले गरेको कुराकानी सम्पादित अंश :
तपाईंमा संगीत कला जन्मजातको कमाल कि औपचारिक शिक्षाको उपज हो ?
मैले त्यो समयमा पढाइको महत्त्व बुझेको थिइन। म गीत मात्र गाएर हिँड्न खोज्ने तर मेरो बुवा पढाइको महत्त्व बुझेको मान्छे हुनुहुन्थ्यो। मेरो परिवार संगीतमय नै रहेको थियो। मलाई राजु सिंह बनाउन मेरो एक्लो पक्ष मात्र जिम्मेवार छैन। सम्पूर्ण पक्षबाट तथा धेरै सफल हात मेरो सफलतामा जोडिएका छन्। म नेपालको एक भाग्यमानी संगीतकार हुँ।

संगीत सिर्जना गर्दा कस्तो अनुभव हुन्छ तथा कस्तो आत्मसन्तुष्टि मिल्छ ?
सङ्गीतकारलाई सङ्गीत निर्देशक भनिन्छ। सङ्गीतको परिभाषा अनुसार उसले शब्दमा ज्यान हाल्नुपर्ने हुन्छ। संसारमा नभएको धुनबाट एउटा धुन तयार पार्नुपर्ने हुन्छ। जुनसुकै प्याटनमा गीतको सिर्जना गरे पनि त्यसलाई बचाउन सदाबहार लाग्नुपर्छ। त्यहाँ संगीतकारको जिम्मेवारी बढी हुन्छ। त्यो गीतको आयु त्यसलाई डिजाइन गर्ने भन्ने कुरा संगीतकारमा रहेको हुन्छ। गायकलाई नै निर्देशन गर्ने काम सङ्गीतकारले गरिरहेको हुन्छ। पर्दा पछाडि भएर पनि संगीतकारको स्थान धेरै गहन र ठूलो हुन्छ भन्ने मलाई लाग्छ।

नयाँ र पुराना पुस्ताको भिन्नता तपाईंले के पाउनु भएको छ ?
प्रेमध्वज प्रधान, दीप श्रेष्ठदेखि अन्य गायकसँग काम गर्ने मौका मिल्यो। हरेक गीतमा म एउटा राजु सिंहलाई जन्म दिन चाहन्छु। कुनै गायक राम्रो हुनुहुन्छ भने उहाँलाई डिजाइन मैले गर्न सक्नुपर्ने हुन्छ। मेरो दायित्व गीतकारको भावनालाई बुझ्ने हुनुपर्छ।

अहिले बजारमा आएका गीतमा संगीत गहिरो नभएको आरोप लाग्ने गरेको छ। तपाईंलाई के लाग्छ ?
यो समय सान्दर्भिक रहेको छ। सबै टल्कने वस्तु हिरा हुँदैन। यो दिक्पालको कथा जस्तो रहेको छ। संगीतकार, गीतकारलाई के चुनौती हुनुपर्छ भने म राम्रो चर्चाको गीत मात्र होइन। कि म राम्रो श्रोता दर्शक र मिडिया पनि बनाउँछु। मेरो गीत सुनेर अन्य मान्छेलाई हिनताबोध नहोस् भन्न चाहन्छु। सङ्गीतकार बन्नको लागि अध्ययन चाहिन्छ। त्यसको लागि निरन्तर लागि पर्नुपर्ने हुन्छ। सङ्गीत गर्दा मलाई सगरमाथा चढ्दा भन्दा पनि गाह्रो हुन्छ। राम्रो श्रोता दर्शक बन्नलाई नेपाली सङ्गीतलाई धेरै समय लाग्छ ।

तपाईंको परिवार नै सबै संगीतमा हुनुहुन्छ। चर्चा तपाईंकै किन हुन्छ ?
बुवा भगत सिंहको कारण मैले देशका अग्रजदेखि सबै पुस्तासँग रेकर्डिङमा जाने मौका पाएँ। सबै भन्दा पहिलो कुरा संगीत राम्रोसँग सिकेर आएको हो। त्यस कारण मात्र यो सफल भएको हो। यो संगीत भनेको कहिल्यै पनि सिकेर नसकिने कुरा रहेछ। सङ्गीतकारले नयाँ नयाँ सिर्जना गर्न सक्नुपर्ने हुन्छ। तर गीतकारले १२ वटा गीतबाट हिट भएमा त्यसले नै परिचित भएर अगाडि बढेको हुन्छ। जस कारण यो सङ्गीत भनेको जीवन नै हो जस्तो मलाई लाग्छ।

संगीतप्रति प्रेरणा कहाँबाट मिल्यो ?
पहिला सुरुमा घरबाट नै हो। त्यसपछि गुरुबाट प्रेरणा मिल्यो । अन्य पक्षमा सम्पूर्ण नेपाली सङ्गीतका सर्जकहरू सबैबाट प्रेरणा पाएको छु। जुन गीत सुनेर साथीको अनुभव पुरा भएको महसुस हुन्छ त्यो नै आफ्नो पनको आभास हुनु हो। सङ्गीतको लागि नीति नियमको अति आवश्यक रहेको छ।

संगीत क्षेत्रको भविष्य कस्तो होला ?
अहिलेको समयमा नेपाली सङ्गीत धेरै राम्रो छ। अग्रजहरूसँग काम गर्दा अनुभव लिन हामीले पाइन्छ। आउने पुस्तामा कार्य गर्दा छुट्टै आनन्द आउने हुन्छ। अहिलेको पुस्तामा एक आपसमा धेरै समझदारी रहेको छ। सङ्गीतका शब्दमा पनि शक्ति देखाएर अगाडि बढ्नु भएको छ। मैले ३७ वटा आयाममा सोलो गरेको छु। जुन पहिचान भएको छ मेरो बाटोमा हिँड्दा पनि सङ्गीतकार आयो भनेको सुन्दा गौरव लाग्छ बच्चालेसमेत भन्दा खुसीको बहार हुन्छ।

तपाईं अर्थशास्त्रको शिक्षक र संगीतकार कसरी बन्नुभयो ?
काम अनुशासन पूर्वक गर्नुपर्छ। काम गर्न सक्दिन भन्ने भावना कहिल्यै पनि ल्याउनु हुँदैन। मेरो लागि काम नै पूजा हो। त्यसको लागि मलाई अहिलेसम्म असहज भएको छैन। सबैको साथ सँगसँगै पाएको छु। त्यो साथ पाइरहने सधैँ आशा राख्ने छु। यो राजु सिंहको सङ्गीत हो भन्ने सबैले चिनिसक्नु भएको छ। त्यसको महत्त्व सधै रहन्छ भन्ने आशा गर्छु। सङ्गीतले मानिसलाई जिउन पनि सिकाउँछ जस्तो मलाई लाग्छ। केही कुरामा सङ्गीतले मान्छेको जीवनमा सकारात्मक परिवर्तन पनि ल्याएको हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ११ बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी