इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ हर्षोल्लासका साथ मनाइयो  « Khabarhub

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ हर्षोल्लासका साथ मनाइयो 


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मोरङ– इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासको साथ मनाइएको छ । विराटनगर महानगरपालिका-१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । 

एक महिनासम्म चलेको रमजान पर्वमा मुसलमान दिनमा निराधार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ ।

 त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

 यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने  प्रचलन रहिआएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ५१ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड