पुस्तक नपाउने समस्याको अन्त्य भयो : नेता पौडेल « Khabarhub

पुस्तक नपाउने समस्याको अन्त्य भयो : नेता पौडेल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक सत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताएका छन् ।

आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको बताए । आज बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने रिठ्ठेखोला झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताए ।

उनले शैक्षिक सत्र सुरु भएको छ महिना बित्दासमेत विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या सधैका लागि अन्त्य भएको बताउँदै जनक शिक्षा सामग्रीलाई परिमार्जन गर्नुको विकल्प नभएको बताए ।

“हाम्रै पार्टीको सरकार छ, अहिले शैक्षिकसत्र अगावै विद्यार्थीका हातमा पुस्तक पुग्नु सरकारको उपलब्धि हो”, सङ्घीय सांसदसमेत रहेका पौडेलले भने, “आफू शिक्षामन्त्री हुँदा जनक शिक्षा सामग्रीमा नयाँ छपाइ औजार ल्याएकाले सम्भव देखिएको हो ।”

नेता पौडेलले अहिलेको सरकारले सुशासन, रोजगारी सिर्जना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको बताए । सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउँदै पूर्वमन्त्री पौडेलले अब भौतिक पूर्वाधारपछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको बताए ।

बागलुङको प्रतिनिधि भएर दोस्रोपटक संसद् छिरेको भन्दै पौडेलले बागलुङका अधिकांश ठूला सडकका योजना अगाडि बढेको जानकारी दिए । झोलुङ्गे पुलको जिल्लामा बागलुङ नगरपालिकाको तित्याङबाट भकुण्डे पुग्ने अर्को नयाँ झोलुङ्गे पुल थपिँदा स्थानीयलाई राहत भएको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना