रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे « Khabarhub

रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन् ।

आज नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामाजिक कार्यमा अगाडि बढ्ने रेडक्रस पारदर्शीकै कुरालाई लिएर चर्को विवादमा आउनु दुःखद् भएको बताएका हुन् ।

रेडक्रसमा पारदर्शी ढङ्गले काम नभएको, विभिन्न खालको स्वार्थमा रुमल्लिएको भन्दै उनले छिट्टै यस्ता समस्याको समाधान गरी अगाडि बढ्न नसके अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको छवि बिग्रने बताए । सभामुख घिमिरेले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोली नेपाल आएर काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबैले विवादलाई हल गर्न एकजुट भएर सघाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेडक्रसजस्तो सामाजिक संस्थामा भ्रष्टाचार, अनियमतिता र करोडौँ चलखेल हुनु दुःखद् भएको बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कमिटीका उपमन्त्री एवं भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसलाई प्रजातान्त्रिक ढङ्गले चल्न दिनुपर्नेमा पटक–पटक हस्तक्षेप भइरहेको बताए ।

कुल रु ५५ लाख १७ हजार एक सय दुईको लागतमा रेडक्रसको भवन निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरिएको हो । भवन निर्माणका लागि चाँगुनारायण नगरपालिका–३ बाट दुई आर्थिक वर्षमा विनियोजित रु २३ लाख, रेडक्रस भक्तपुर शाखाबाट रु दुई लाख, विभिन्न संस्था र व्यक्तिगत सहयोग दाताबाट रु १५ लाख ६१ हजार आठ सय ७६ गरी कुल रु ३९ लाख ५८ हजार एक सय १४ को आर्थिक सहयोग प्राप्त भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ४८ बजे

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए

अभिनेत्री केटको लुक्स परिवर्तन

लस एन्जलस – हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ – कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ।