रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे « Khabarhub

रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन् ।

आज नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामाजिक कार्यमा अगाडि बढ्ने रेडक्रस पारदर्शीकै कुरालाई लिएर चर्को विवादमा आउनु दुःखद् भएको बताएका हुन् ।

रेडक्रसमा पारदर्शी ढङ्गले काम नभएको, विभिन्न खालको स्वार्थमा रुमल्लिएको भन्दै उनले छिट्टै यस्ता समस्याको समाधान गरी अगाडि बढ्न नसके अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको छवि बिग्रने बताए । सभामुख घिमिरेले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोली नेपाल आएर काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबैले विवादलाई हल गर्न एकजुट भएर सघाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेडक्रसजस्तो सामाजिक संस्थामा भ्रष्टाचार, अनियमतिता र करोडौँ चलखेल हुनु दुःखद् भएको बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कमिटीका उपमन्त्री एवं भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसलाई प्रजातान्त्रिक ढङ्गले चल्न दिनुपर्नेमा पटक–पटक हस्तक्षेप भइरहेको बताए ।

कुल रु ५५ लाख १७ हजार एक सय दुईको लागतमा रेडक्रसको भवन निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरिएको हो । भवन निर्माणका लागि चाँगुनारायण नगरपालिका–३ बाट दुई आर्थिक वर्षमा विनियोजित रु २३ लाख, रेडक्रस भक्तपुर शाखाबाट रु दुई लाख, विभिन्न संस्था र व्यक्तिगत सहयोग दाताबाट रु १५ लाख ६१ हजार आठ सय ७६ गरी कुल रु ३९ लाख ५८ हजार एक सय १४ को आर्थिक सहयोग प्राप्त भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ४८ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा