एम्बाप्पे चम्किदा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक « Khabarhub

एम्बाप्पे चम्किदा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले  जीत हासिल गरेको छ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पीएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। आइतबार राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पीएसजी उपाधि भन्दा एक कदम पछाडि रहन पुगेको हो।

आइतबारको खेलको छैटौँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई १–० को सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट पछि अर्थात् ८औँ मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २–० मा टुंगियो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ५१औँ मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थिति फर्काए। तर, त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन अन्ततः खेल २-० मा नै टुंगिन पुग्यो।

फ्रेन्च लिग वानमा पीएसजीले अब दुई खेल खेल्न बाँकी छ। तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पीएसजी कीर्तिमानी ११औँ पटक च्याम्पियन बन्नेछ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : २५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी