एम्बाप्पे चम्किदा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक | Khabarhub Khabarhub

एम्बाप्पे चम्किदा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले  जीत हासिल गरेको छ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पीएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। आइतबार राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पीएसजी उपाधि भन्दा एक कदम पछाडि रहन पुगेको हो।

आइतबारको खेलको छैटौँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई १–० को सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट पछि अर्थात् ८औँ मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २–० मा टुंगियो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ५१औँ मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थिति फर्काए। तर, त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन अन्ततः खेल २-० मा नै टुंगिन पुग्यो।

फ्रेन्च लिग वानमा पीएसजीले अब दुई खेल खेल्न बाँकी छ। तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पीएसजी कीर्तिमानी ११औँ पटक च्याम्पियन बन्नेछ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : २५ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन – नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व

बागमती प्रदेशसभाको बैठक स्थगन

मकवानपुर–  बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक

गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना

गाजाक्षेत्र- गाजामा भोकैतिर्खै बसिरहेका ४५९ जनाको इजरायली सेनाले ज्यान लिएको

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

काठमाडौं– पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ