शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री « Khabarhub

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाए । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् । 

प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता ओमविक्रम भाटले जानकारी दिए । 

सो अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षपीडितको सहभागिता थियो । ‘प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिनुभएको छ । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ’, प्रदेशसभा सदस्य भाटले भने । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १२ : ५४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी