कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी « Khabarhub

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी



काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान भइरहेका बेला केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बेलुका ७ बजेसम्म मतदान गर्न सकिने जानकारी दिएका छन् । मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजैबाट नै मतगणना सुरु हुने उनले बताए ।

उनले खबरहबसँगको कुराकानीमा मतगणना सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर आजबाट नै सभापति पदको मतगणना सुरु गरिने जानकारी दिएका छन् । ‘आजैबाट मतगणना सुरु गर्ने तयारी छ । सुरुमा सभापतिबाट मतगणना हुन्छ,’ कटुवाल भने, ‘जतिबेला भएपनि हामी प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिहाल्छौँ । बेलुका ७ बजेभन्दा उता मतदानको समय थपिन्न ।’

उनले सबै मतदाताहरूलाई मत हाल्न पाउने सुविधा रहेको बताउँदै ७ बजेसम्म मतदान सकिसक्ने जानकारी दिएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापतिका लागि श्यामकृष्ण खड्की र गगन थापा उम्मेदवार छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पनि पुष्पा भुसाल निर्विरोध भएका छन् ।

निर्वाचनमा पर्चा र प्यानल नबनाउने भएपनि विभिन्न नाममा सामग्रीहरु बाँडिएको आरोप लागेको छ । तर यसबारे सभापति गगन थापा र वरिष्ठ उपसभापति शर्माले कुनै पनि प्यानल र पर्चा नबाडिएको दाबी गरेका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएकी पुष्पा भुसाल पनि जस्तोसुकै परिस्थिति आएपनि सभापतिको मत गणना आजैबाट हुने आयोगले जानकारी दिएको बताउँछिन् । मतदान सकिएलगत्तै प्रक्रिया पूरा भएपछि सुरुमा सभापतिकै मतगणना सुरु हुने सहमति भएको उनले जानकारी दिइन् ।

अरुबारे छलफल हुँदै

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार अरु पदको मतगणनाबारे छलफल जारी छ । अरु पदको मतगणना आजै बेलुकाबाट गर्ने कि भोलिबाट गर्ने विषयमा निर्णय भइनसकेको बताइएको छ ।

थापाले निकै मेहनत गरेर श्यामकृष्णलाई फकाउने कोसिस गरेपनि उनले निर्वाचनको परिणाम स्वीकार्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका थिएनन् ।

कांग्रेस नेता मीन विश्वकर्माले खबरहबसँगको अन्तर्वार्तामा अरु नेताहरुई पनि पदाधिकारीमा सहमत गराउनका लागि मनाउने कोसिस भएको खुलासा गरेका छन् । तर मनाउने कोसिस भएपनि आकांक्षीहरू बढेपछि निर्वाचनमा जानुपरेको विश्वकर्माको प्रष्टीकरण छ ।

विश्वकर्माले दिएको जानकारी अनुसार विशेष महाधिवेशन पक्षधर निर्वाचनबाट धेरै सुरक्षित देखिन्छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट ढिलो गरी संस्थापनमा आएका नेताहरू भने असुरक्षित देखिन्छन् ।

पूर्वसभापति देउवा पक्षले आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । यसै अनुसार अहिले उक्त पक्षको वडा अधिवेशन चलिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : २८ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।