‘विपद् न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय’ « Khabarhub

‘विपद् न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय’


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताएका छन् । गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर तथा व्यास नगरपालिका–५ स्थित कालीभञ्जन गण (ई) को आयोजनामा आज व्यास नगरपालिका–१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । 

मुख्यमन्त्री पाण्डेले नेपाली सेनाको उच्च जनशक्ति, कुशल व्यवस्थापन, पूर्वतयारी, तैनाथी, स्रोत र साधन तत्काल परिचालनले विपद् न्यूनीकरणमा नेपाली सेना सशक्त रहँदै आएको इतिहासले पुष्टि नै गरेको छ भने । 

उनले भने, ‘विसं २०७२ को भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च र प्रशंसनीय रहेको छ । विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव छैन, यसका लागि सामूहिक प्रयास आवश्यक छ ।’ विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयात्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएकाले यसमा प्राथमिकता दिएर बजेट विनियोजन गरिएको मन्त्री पाण्डेले उल्लेख गरेका छन् ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरो, आगलागी र हिमपहिरोबाट दुई सय १८ जनाको मृत्यु भएकाले यस प्रदेश विपद् जोखिमको सूचीमा परेको उनले उल्लेख गरे । 

प्रतिकार्य योजना बमोजिम नेपाली सेनाले सबैसँगको समन्वयमा विपद्का घटनामा सहयोग पुर्‍याउँदै आएको बताउँदै उपरथी बानियाँले गत आर्थिक वर्षमा १८ वटा सचेतनामूलक अभ्यास सञ्चालन गरिएको जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विपद्का घटना न्यूनीकरण सबैको सामूहिक प्रयासबाट सम्भव हुने बताए । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ जिल्ला विपद्को सूचीमा अग्रस्थानमा रहेकाले नमूना अभ्यासले पनि विपद् जोखिम न्यूनीकरणमा सहयोग मिल्नेमा जोड दिए । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १ : ०४ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल