सेयर बजारमा ८.१० अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ८.१० अंकको वृद्धि


८ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भने सोमबार कारोबार रकम घट्न पुगेको छ । सोमबार सेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सोमबार सेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ । युनिलिभर नेपाल लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त, मायाखोला हाइड्रोपावर लगायतका अन्य कम्पनीहरूको सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ३ : ५७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम