पपुवा न्युगिनी र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर | Khabarhub Khabarhub

पपुवा न्युगिनी र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोर्ट मोर्स्वी- पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ ।

वासिङ्टनले प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिलाई लिएर चिन्ता व्यक्त गर्दै आएको समय उसले रणनीतिक सहयोगको बदलामा कूटनीतिक र वित्तीय प्रोत्साहनका साथ राष्ट्रहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ ।

राजधानी पोर्ट मोरेस्बीमा दक्षिण प्रशान्त क्षेत्रका १४ टापु राष्ट्रका नेतासँग अमेरिकी बैठक सुरु हुनुअघि रक्षामन्त्री विन बकरी डाकीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रक्षा सहयोग सम्झौता भएको बताउँदै प्रधानमन्त्री जेम्स मारापेले हस्ताक्षर समारोहमा भने, “प्रशान्त टापुले संयुक्त राज्य अमेरिकासँग आफ्नो सम्बन्धलाई ‘उच्च’ बनाइरहेको छ ।

ब्लिन्केनका अनुसार दुवै देशले एकअर्काको जहाजको प्रयोग गर्न, प्राविधिक विशेषज्ञता आदानप्रदान गर्न र समुन्द्रमा ‘राम्रो गस्ती’ गर्न सक्नेछन् ।

उनले भने, “हामी भविष्यलाई आकार दिन सँगै काम गरिरहेका छौं । हामी हाम्रो साझेदारीलाई अर्को स्तरमा पु¥याउन निकै उत्सुक छौं ।”

दक्षिण प्रशान्त क्षेत्रमा बढ्दो प्रतिद्वन्द्विताको सङ्केतस्वरूप ब्लिन्केनले बेइजिङको बढ्दो आर्थिक, राजनीतिक र सैन्य उपस्थितिको सामना गर्ने उद्देश्यले प्रमुख शक्तिहरूको एक्लै प्रतिनिधित्व गरेका थिएनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आफूभन्दा केही घण्टाअघि नै चीनको उदयमा क्षेत्रीय शक्तिका रूपमा आफ्नो देशको भूमिका रहेको बताएका थिए ।

“हामी बहुपक्षीयतामा तपाईंको विश्वाससँग सहमत छौं । हामी स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिकको समर्थन गर्छौं र सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्छौं,” मोदीले प्रशान्त क्षेत्रका नेताहरूलाई सम्मेलनमा भने ।

पपुवा न्यूगिनीसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेर यस क्षेत्रमा तैनाथ हुने अमेरिकी सेनाको क्षमता पनि विस्तार गरिने ब्लिन्केनले बताए ।

बेइजिङले प्रशान्त महासागरमा रहेका खानी र बन्दरगाहहरू बन्द गरेको छ र गत वर्ष सोलोमन टापुसँग गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ, जसले चीनलाई देशमा सेना तैनाथ गर्न अनुमति दिन्छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ५ : १२ बजे

छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू)

काठमाडौं- खासगरि तराईबासी हिन्दूहरू निष्ठापूर्वक धुमधामसँग मनाउने छठ पर्वको तयारी

‘प्रतिक्रियावादी’ प्रधानमन्त्री !

( द्रष्टव्य :  माफ गर्नुहोला, जसले आफ्नोतर्फबाट क्रिया (काम) गर्दैन,

उडान समय घटेपछि बुद्ध एयरले जारी गर्‍यो छ बुँदे निर्देशिका

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी

यी सात ‘स्विङ स्टेट’: जसमा टिकेको छ ट्रम्प र ह्यारिसको भाग्य

काठमाडौं- अमेरिकी राष्ट्रपति चुनावमा देशका सात स्विङ्ग राज्यले डेमोक्रेटिक र

जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको

काठमाडौं- विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना