गयानाको विद्यालयमा आगलागी हुँदा २० जनाको मृत्यु | Khabarhub Khabarhub

गयानाको विद्यालयमा आगलागी हुँदा २० जनाको मृत्यु


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जर्जटाउन- दक्षिण अमेरिकी मुलुक गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” गुयनाका राष्ट्रपति इरफान अलीले भने । मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी अरु कैयौँ घाइते भएका छन् ।

अलीले आगलागीबाट घाइते भएका सबै बालबालिको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न निर्देशन दिएको बताए ।

उनले जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थल मार्ग विच्छेद भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको बताए । विपक्षी सांसद नताशा सिंह लुईसले आगलागीको कारणबारे छानबिन गर्न माग गरेकी छिन् ।

उनले भनिन्, “हामीले यो सबैभन्दा भयानक र घातक घटना कसरी भयो भनेर बुझ्न आवश्यक छ र यस्तो त्रासदी फेरि हुन नदिन आवश्यक सबै उपायहरू चाल्नु आवश्यक छ ।”

करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्व डच र बेलायती उपनिवेश हो ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ५ : ५२ बजे

गण्डकीको बजेट ३१ अर्ब ९८ करोड 

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

काठमाडौं– नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ