करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप लिखु तामाकोसी गाउँपालिका-२, सिरिसेमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सोमबार दिउँसो लिखु खोलामा माछा मार्न लगेको तारबाट करेन्ट प्रवाह हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको सिरिसे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की नुहाउन लिखु खोलामा गएका थिए । 

नुहाइसकेपछि कपडा सुकाएको र त्यसपश्चात् खोलामा माछा मार्नका लागि आफैँले लगेको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको बताइएको छ । स्थानीय अर्का एक युवकले बङ्गुरलाई चारो दिने क्रममा कार्की छटपटाएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : २९ बजे

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको