परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा नेपाल र जापानबीचको ७० वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई आगामी दिनमा थप विस्तार तथा सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा जापानी विदेशमन्त्री मोटेगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र प्रभावितहरूमा समवेदना प्रकट गरेका छन् । उनले विपद्को आपत्कालीन उद्धारदेखि मध्यम र दीर्घकालीन पुनरुत्थानका चरणसम्म जापान सरकार नेपालको साथमा रहने र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रियामा परराष्ट्रमन्त्री खनालले जापान सरकार र जापानी जनताले देखाएको ऐक्यबद्धताप्रति हार्दिक धन्यवाद व्यक्त गरे। साथै बाढीमा परेर बेपत्ता भएका जापानी नागरिकसहित अन्य विदेशीको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराए।

विदेशमन्त्री मोटेगीले आगामी नोभेम्बरमा काठमाडौँमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ ले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग विकास साझेदारी निरन्तर रहने स्पष्ट पारे। परराष्ट्रमन्त्री खनालले पनि नेपाल जापानसँगको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १० : ५१ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ