राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो : ओली  « Khabarhub

राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो : ओली 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शिताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताएका हुन् । 

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बदनाम गर्ने प्रवृत्ति देखापरेको जिकिर गरेका छन् । ओलीले एमाले सरकारले पाँच सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दावी गरे ।

योजना समयमा नै पुरा गर्ने र असाधारण विकासको गति ल्याँउदा पनि धर नपाएको उनको भनाइ छ ।
ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए  । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : ४८ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको