राष्ट्रिय एकता अभियानका नेता पुर्वेमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण « Khabarhub

राष्ट्रिय एकता अभियानका नेता पुर्वेमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले आफ्ना नेता मनिष पुर्वेमाथि अज्ञात समुहले आक्रमण गरेको जनाएको छ । 

आइतबार राति बर्दिबासबाट जनकपुर जाने क्रममा पुर्वेमाथि सांघातिक आक्रमण भएको अभियानले जनाएको हो । उनलाई करिब ८ बजे गुडिरहेको सार्वजनिक गाडीमा चार जनाको अज्ञात समूहले विसालु ग्याँस सुँघाएर बेहोस बनाई नियन्त्रणमा लिएको थियो । उनलाई निर्मम कुटपिट गरी मरणासन्न अवस्थामा नजिकैको खोलामा फ्याँकेको अवस्थामा पाइएको छ ।

होसमा आउँदा आफू खोला किनारमा भएको पुर्वेले बताएका छन् । उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । पुर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमबार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । 

उनले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ३४ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको