तिलिचोबाट हिमालय बचाउ अभियान | Khabarhub Khabarhub

तिलिचोबाट हिमालय बचाउ अभियान


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको अभियानका क्रममा आज सो स्थानबाट हिमालय बचाउ नदी जोगाउने सन्देश प्रवाह गरिएको काठमाडौँ अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिए ।

शान्ति समाजका सल्लाहकार तथा धर्ती जोगाउ अभियानका अभियानकर्मी उत्तम पुडासैनी, शान्ति समाज काठमाडौँ शाखाका सभापति, सचिव तथा कोषाध्यक्ष क्रमशः भगवान पुडासैनी, प्रमोद फुँयाल र विकास थापा सम्मिलित समूहले मनाङ जिल्लाको खाङ्गसारदेखि तिलिचोसम्मको पदयात्रा गर्दै यत्रतत्र फालिएका फोहोर व्यवस्थापन गरेर अभियानलाई निरन्तरता दिएको हो ।

तिलिचो किनारमा पुगेर भावी सन्ततिको सुरक्षाका लागि र मानव जीवनकै अस्तित्वका लागि अब फोहर व्यवस्थापनमा सबै सचेत हुनुपर्ने सन्देश प्रवाह गरिएको छ । सो अवसरमा अभियानकर्मीको समूहले कार्बन उत्सर्जनमा न्यूनता ल्याउन सबैसँग आग्रह गरेको छ ।

शान्ति समाजले हिमालय बचाउ अभियानअन्तर्गत यसअघि सङ्खुवासभाको मकालुबाट हिमालय बचाउ अभियानको प्रारम्भ गरेको थियो । उक्त अभियानको अगुवाइ नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गरेका थिए । त्यसपछि मुस्ताङको लोमानथाङबाट समेत हिमालय बचाउ अभियानलाई अघि बढाइएको समाजले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : ५१ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार