महिला भलिबल : नेपालले किर्गिस्तानलाई हरायो « Khabarhub

महिला भलिबल : नेपालले किर्गिस्तानलाई हरायो


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित ग¥यो ।

यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल भोलि बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ । सोही स्थानमा आजै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ । भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो । यस जितसँगै भारतले ३ अङ्क जोड्यो । उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ९ : १३ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी