गाउँपालिकाद्वारा किसानलाई याक वितरण | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा किसानलाई याक वितरण


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।

गत वर्ष समेत याकको बाच्छा वितरण गरेको गाउँपालिकाले यो वर्ष १२ जना किसानलाई याकको बाच्छा खरिद गरेर वितरण गरेको हो । पछिल्लो समय पशुपालन व्यवसाय घट्दै गएको पाइएकाले किसानलाई प्रोत्साहन गरी पशुपालन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि याकका बाच्छा वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त कार्कीले बताए। जनशक्तिको अभाव, आधुनिक जीवनशैली, चरन क्षेत्रको अभावलगायत कारण पछिल्लो पशुपालन व्यवसाय घट्दै गएको पाइन्छ ।

गाउँपालिकाले गत वर्ष ३२ वटा याकका बाच्छा किसानलाई बाँडेको थियो । गाउँपालिकाले यसरी बाच्छा खरिद गरेर दिन थालेपछि पशुपालक किसान उत्साहित बनेको गाउँपालिकाले जनाएको छ । यो वर्ष ८ लाख रुपैँयाको लागतमा १२ जना पशुपालक कृषकलाई याक वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष कार्की सहितको टोलीले विभिन्न क्षेत्रमा रहेका गोठमै पुगेर वितरण गरेको बताइएको छ ।

विशेष गरी गाउँपालिकाभित्र पर्ने पापुङका किसानले याक पालन गर्दै आएका छन् । गाउँपालिकाभर ४४ वटा याक गोठ रहेको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालकलाई प्रोत्साहन गर्ने गरी याक वितरणको कार्यक्रम बनाएको उनले बताए। पशुपालन व्यवसायबाट राम्रो आमदानी लिन सकिने भएकाले किसानलाई आत्मनिर्भर बनाउने यो कार्यक्रमले सहयोग पुग्ने र निरन्तरता दिने अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १० : २४ बजे

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग