बाढीपहिरोले बाटो अवरुद्ध भएपछि विद्यार्थीको पढाइ प्रभावित « Khabarhub

बाढीपहिरोले बाटो अवरुद्ध भएपछि विद्यार्थीको पढाइ प्रभावित


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिरोको कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नभएपछि सिदिङ्वासिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको हो ।

गत शुक्रबार, शनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीको पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिका शिक्षा शाखाले जनाएको । 

जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए ।

सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिरोको कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । 

त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ । सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए ।

बाढीपहिरोको कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिरोले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिरोले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन् । 

एक जनाको सोही दिन शव फेला परेको थियो । सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो । एकै घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ०२ बजे

परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र बनाउनुपर्छ : अधिकृत उक्याव

काठमाडौं– लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावले परियोजना स्वीकृत

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

ट्रम्पसँग युक्रेन र लाल सागरबारे म्याक्रोनको छलफल

न्यूयोर्क- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन–रुस

विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो

काठमाडौं- सर्वोच्च अदालतले भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग लिखित जवाफ

दसैँमा घर जान सहज यातायातको व्यवस्था गर्न सरकारसँग रास्वपा सचेतक परियारको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले