सिंगो अस्पताल नर्सले धानेका हुन्छन् | Khabarhub Khabarhub

सिंगो अस्पताल नर्सले धानेका हुन्छन्

नर्स बिनाको अस्पताल कसैले कल्पना पनि गर्न सक्दैन, तर अपमान किन ?


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नेपालमा ११७ वटा नर्सिङ कलेज घटेर अहिले घटेर ३९ मा सीमित भएका छन्। ११७ वटा नर्सिङ कलेज हुँदा नर्सिङ काउन्सिलको नियम, विश्वविद्यालयको नियम र चिकित्सा शिक्षा आयोगको नियम अन्तर्गत हाम्रो चार वर्षे कार्यक्रममा २६ वटा विषय समावेश थिए। एकजना एक्पर्टले त्यो २६ वटा विषय पुरा गर्न सक्दैन। त्यसको लागि प्रत्येक वर्षमा १० जना शिक्षक चाहिने हुन्छ। त्यो अन्तिम चौथो वर्षमा अनुसन्धान प्रोजेक्ट हुन्छ। त्योबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा लिन सक्छन्। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि नै अन्तिम वर्षमा यो अनुसन्धान पोजेक्ट राखिएको हो।

अहिले चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले एमबीबीएससँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। एमबीबीएसका विद्यार्थीसँग समान प्रश्नको उत्तर दिँदा उनीहरूको प्रतिस्पर्धामा नर्सिङका विद्यार्थी आउँदैनन्। उनीहरूले आफ्नो स्थानमा उर्तिण हुन सक्दैनन्। अनि फेल भए भनेर हल्ला मात्र गरिन्छ। पढ्दै नपढेको विषयको परीक्षा दिँदा को चाहिँ पास हुन्छ ?

चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिनु एकदमै राम्रो हो। तर प्रवेश परीक्षा नै सर्टिफाई गर्ने अथवा उनीहरूलाई तिमीहरू एमबीबीएस भइसक्यौं भनेर तोक्ने संस्था होइन होला। विषयहरू रोज्न पाउने अधिकार प्रवेश परीक्षाबाट दिनुपर्छ। तर हाम्रोमा त मेडिकल साइन्सका विद्यार्थी चारदेखि पाँच वर्ष पढेर अबलम्बन गर्नुपर्ने शिक्षाका प्रश्न पत्र पहिला नै बनाएर प्रवेश परीक्षामा सोधिन्छ। विद्यार्थीलाई पहिला नै एमबीबीएसको क्वालिटीको प्रश्न पत्र बनाएर त्यसमा फेल बनाएर पढ्न नदिने अवस्था छ। यस्ता विविध कारणले नर्सिङ शिक्षामा वितृष्णा बढेको हो कि ?

अन्तर्राष्ट्रिय बजारमा नेपाली नर्स सबै भन्दा अनुशासित इमानदार र आफ्नो काममा प्रतिबद्ध भनेर हेरिरहेको अवस्थामा नेपाली नर्स माग गरेर आफ्नो देशमा बोलाइरहेका छन्। तर यस्ता होनहार विद्यार्थीलाई हामी आफ्नै देशमा रोजगारी दिनसक्ने अवस्थाको सिर्जना गर्ने कुनै नीति नै छैन। नीति मात्र होइन योजना पनि देखिँदैन। अझ दुःखका साथ भन्नुपर्छ आठ हजार रुपैयाँ महिनामा कमाएर नर्स नेपालमा बसेका छन्।

मेरो आकलनमा एक जना मान्छेले काठमाडौंमा कोठा भाडामा लिएर बस्दा ३६ हजार लाग्ने रहेछ। अब भन्नुहोस् ८ हजारमा ती बच्चाले के गरेका होलान् ?

अन्तर्राष्ट्रिय लेबलमा एक जना नर्सले सामान्य बिरामी चार जनालाई हेर्नुपर्छ। क्रिटिकल कयरको लागि एउटा नर्सले एउटै बिरामी हेर्नुपर्छ। तीन वटा नर्स मिलेर एक आमालाई सेवा गर्नुपर्छ। जुन सेभ मदर केयरको प्रोग्राम छ। ती आमाले बच्चा जन्मेपछि मात्र बच्चाको हेरचाह गर्नुपर्छ। तर हामीसँग ५६ हजार स्वास्थ्यकर्मीको अभाव भइरहेको छ। त्यो ५६ हजारलाई त्यही अनुसारको सेवा सुविधा दिएको भए पक्कै पनि वैदेशिक रोजगारीका लागि नर्सहरु जानुपर्ने अवस्था सिर्जना हुने थिएन।

हिजो ११७ वटा कलेजले छात्रावृद्धिका विद्यार्थीहरू पढ्ने गर्दथे। यो कोटा घटाउँदै लैजाँदा ती विपन्न वर्गका विद्यार्थीले पढ्न पाए होला त ? खोइ राज्यले खोजी गरेको ? अहिले ६७ अर्ब ७० करोड रुपैयाँ २०७८–७९ सालमा बाहिरिएको छ। शिक्षाको नाममा यो रकम बाहिरिएको छ। हाम्रो देशमा नै विद्यार्थीलाई देशमा किन नल्याउने ? प्रत्येक गाउँपालिका अनुसारका प्रत्येक स्कुललाई एक नर्स दिने हो भने पनि ५६ हजार चाहिन्छ।

आज सिङ्गो अस्पताललाई धान्ने भनेको कुनै प्राविधिक होइनन्। कुनै डाक्टर होइनन्। नितान्त २४ घण्टा पिल्लर बनेर खडा रहने नर्स हुन्। अरु नर्सपछि पछाडि आउने कुरा हुन्। अस्पताल सिङ्गो नर्सले उभिएको छ। त्यो अस्पतालमा हाम्रोमा ७० प्रतिशत नै नर्सको आवश्यकता छ। त्यसका लागि स्थापित गर्न सरकारी नीति हुनुपर्छ।

हाम्रो निजी विद्यालयमा १० विद्यार्थी बराबर १ जना शिक्षक हुनुपर्ने नीति छ। तर एउटा शिक्षकले के पढाउने र कति घण्टा पढाउने त ? जब कि पहिलो, दोस्रो, तेश्रो चौंथो गरेर ३६ वटा विषय हुन्छन्। त्यसमा एउटा शिक्षकले १० जना विद्यार्थी मात्र भर्ना भए भने अहिले विभिन्न विद्यालयमा ८ जना ९ जना मात्र भर्ना भएका छन् भन्ने छ। त्यसको आधारमा तलब दिन सक्दैनौँ भन्ने समस्या छ।

संसारमै महिलाले मात्र रोजगारी पाएको एउटा नर्सिङ पेसा प्रति यत्रो ठुलो घात, यत्रो ठुलो प्रहार किन ? जब कि नर्सिङ पेसा मात्रै हो संसारका सबै अस्पतालमा २४ सैँ घण्टा खटेर काम गर्ने। विश्वका धेरै देशमा नर्सको सम्मान छ। तर हाम्रोमा गाली मात्र छ। हामीले नर्सको स्तर दिन सकेका छैनौँ। त्यसैले सबै नर्स बाहिर जाँदैछन्।

इन्डियामा इन्डियन नर्सिङ काउन्सिलबाट प्रमाणपत्र भएको पाठ्यक्रम मात्र सम्पूर्ण नर्सिङ कलेजहरूले पढाउनुपर्छ। तर अहिले बोर्डरमा खोलिने कार्यक्रम भनेको स्टार्फ नर्स नामको पाठ्यक्रम अगाडि बढाइएको छ। जुन इन्डियन नर्सिङ काउन्सिलले प्रमाणित गरेको छैन। भोलि गएर हाम्रा विद्यार्थी त्यहाँ जना बाध्य हुन्छन्। तिनीहरूले तीन वर्षसम्म पढिसकेपछि पाएको प्रमाण पत्र अन्तर्राष्ट्रिय लेबलमा फेरि च्यातेर फाल्नु पर्ने अवस्था सिर्जना हुने त होइन ? यो कुरामा हाम्रो देशले आफ्ना विद्यार्थी जोगाउन के गरेको छ ? यसको जवाफ सरकारले दिनुपर्छ।

सानो रोजगारीमा भएको तर सरकारीमा आकर्षण भएका नर्सलाई बेरोजगार भनेको छ। अहिले बिएससी नर्सिङ प्रोग्रामको चार वर्षको खर्च १० लाख बनायो। त्यो अनुसारको ज्ञान हासिल गरेर आठ हजार कमाउँछ भने त्यो गरेर कोही बस्दैनन्। त्यसैले त सबै विद्यार्थी बाहिर जान आकर्षित भएका छन्। त्यसलाई बेरोजगारी भन्नु हुँदैन।

विश्वका विभिन्न देशहरूमा नर्स उत्पादन गर्न विभिन्न मोडलमा अभ्यास गराएर सक्षम भएपछि मात्र मानव शरीरका लागि अस्पतालमा पठाइन्छ। तर हाम्रोमा त्यो मोडलमा अभ्यास गर्ने प्रविधि र अभ्यासको विकास भएको छैन। त्यो ल्याएर एक महिना मात्र गर्दा पनि उनीहरूले मार्केटमा गएर राम्रो गर्न सक्छन्।

अहिले नियमावलीमा सय बेडको नै अस्पताल चाहिन्छ भनेको छ। त्यसो हो भने अहिले बन्द भएका कलेजहरू पीसिएल नर्सिङका र बिएलसी गरेर १०२ वटा कार्यक्रम बन्द भएका रहेछन्। अहिले तुरुन्तै १०२ वटा अस्पताल सय बेडको बनाउने हो भने त्यो अस्पतालको पनि त क्वालिटी चाहियो। बिरामीलाई सेवा दिने क्यालिटी हुन्छ। त्यही अनुसारको नर्सको क्षमता होला ! यदि अस्पताल बनेपछि बिरामीको संख्या बढ्छ त्यहाँ गुणस्तरीय सेवा दिन कस्तो जनशक्ति आवश्यक पर्छ भनेर अनुसन्धान भएको छ ? यो विषयमा सरकारले सोच्नुपर्छ

हामीले विद्यार्थीलाई एउटा डमीमा वा मोडलमा अभ्यास गराएर पहिलेदेखि नै भएका अस्पतालको क्षमता बढाएर अगाडि जाने नीति निर्माण गर्दा के ले बाधा गरेको छ ?
अस्पताल १०२ बनाउनुको साटो भइरहेका कलेजमा विद्यार्थी अभ्यास गर्न पायो भने क्षमताको विकास हुन्छ। प्रविधिको प्रयोग पनि हुन्छ। तीन वटा कलेजले एउटा अस्पतालमा प्राक्टिस गर्न पायो भने अन्तरक्रिया पनि हुन्छ। बिरामीलाई सेवा दिन आत्मीयताको पनि निर्माण हुन्थ्यो होला। त्यस्तो नीति निर्माण गर्न सके के हुन्थ्यो होला भन्ने मेरो अपेक्षा, प्रश्न र सुझाव हो।

खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको नर्सिङ शिक्षा र जनशक्ति संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा सहायक प्राध्यापक मिना पौडेलले राखेको धारणाको सम्पादित अशं)

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ३० बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्