रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम–पूर्वको भूमे गाउँपालिका–२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गाबाट रुकुम पूर्वतर्फ जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बर को मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराए ।

चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुरिया ११.२६ ग्राम र पछाडि सवार राजको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुरिया २.०३ ग्राम गरी कूल प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर फेला परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १० : २६ बजे

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

कास्की – धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले