विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने १९ वर्षीय गगन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरीको दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत राज्य बिहार जिल्ला अररिया पिपरा पञ्चायत-६ बिसनपुर टोल बस्ने २२ वर्षीय दिपेश यादव र भारत राज्य बिहार जिल्ला अररिया मझवा पश्‍चिम पञ्चायत-३ इन्द्रपुर रानीगन्ज टोल बस्ने २० वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरी पोष्‍ट दुहबीबाट खटिएको प्रहरीले को.१ ख ७८७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २४ वर्षीय हेम सिंह साउदलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी-४ बस्ने १७ वर्षीय किशोर  र बारा ईटयाही गाउँपालिका-१२ बस्ने १४ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माइक्रोबसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ४ : ०७ बजे

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २०० जना भन्दा बढीको उद्धार

रोम– रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

मकवानपुर– मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवअधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत

नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्या समाधान हुन्छ : ऊर्जामन्त्री

काठमाडौं– म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले