उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश « Khabarhub

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले दायर गरेको रिटमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न विपक्षीमा नाममा अन्तरिम आदेश जारी गरेको हो । 

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारका नाममा पनि कारण देखाउ आदेश जारी गरेको छ । 

गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै चलाउने बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।  

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । तर, उक्त मुद्दा सरकारले फिर्ता लिएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ४ : १६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर