बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव « Khabarhub

बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै गठन भएको समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुनसक्ने भए पनि मोर्चा नै दलको रूपमा भने नआउने बताए । उनले भने, “समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ, मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरूको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयमा सहकार्य हुन्छ ।”

अध्यक्ष यादवले यही असार १० गते आफ्नो पार्टीको विधान अधिवेशन सुरु हुने जानकारीसमेत गराए । उनका अनुसार तीन दिनसम्म चल्ने उक्त अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने छन् । पार्टीको विधान मस्यौदासमेत तयार भइसकेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेका कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेकोसमेत बताए । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले बताए । ।

 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ९ : २९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर