बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव « Khabarhub

बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै गठन भएको समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुनसक्ने भए पनि मोर्चा नै दलको रूपमा भने नआउने बताए । उनले भने, “समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ, मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरूको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयमा सहकार्य हुन्छ ।”

अध्यक्ष यादवले यही असार १० गते आफ्नो पार्टीको विधान अधिवेशन सुरु हुने जानकारीसमेत गराए । उनका अनुसार तीन दिनसम्म चल्ने उक्त अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने छन् । पार्टीको विधान मस्यौदासमेत तयार भइसकेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेका कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेकोसमेत बताए । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले बताए । ।

 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ९ : २९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई