विवाह मण्डपबाटै बेहुला पक्राउ « Khabarhub

विवाह मण्डपबाटै बेहुला पक्राउ


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

झापा – जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १० : २६ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि