पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे « Khabarhub

पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५र६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५/७६ मा गैँडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैँडा मरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा कम १० वटा गैँडा मरेका थिए ।

निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५/६६ मा १७, आर्थिक वर्ष २०६६/६७ मा २५, आर्थिक वर्ष २०६७/६८ मा १६, आर्थिक वर्ष २०६८/०६९ मा १३, आर्थिक वर्ष २०७०/७१ मा ११ वटा गैँडा मरेका थिए । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ११, आर्थिक वर्ष २०७२/७३ मा १४, आर्थिक वर्ष २०७३/७४ मा २५, आर्थिक वर्ष २०७४/७५ मा २६, आर्थिक वर्ष २०७६/७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३३, आर्थिक वर्ष २०७८/७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् ।

कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैँडा मरेका हुन् । गैँडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको उनले जानकारी दिए । गैँडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैँडा रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १० : ४० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण