पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग | Khabarhub Khabarhub

पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट १५ लाख सहयोग प्राप्त भएको छ ।

गत वर्ष असारमा अविरल वर्षापछि पहिराले विद्यालय जोखिममा परेपछि स्विट्जरल्याण्डका मार्टिन सिँगरकुस्सी दम्पतीले सो रकम प्रदान गरेका हुन् ।

सहयोग रकमको ‘चेक’ शुक्रबार स्वीस नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतलाई हस्तान्तरण गरे । स्वीस व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुगेका थिए । विद्यालयको खेल मैदानसम्म पहिरोले जोखिममा पारेको प्रत्यक्ष देखेपछि उनीहरूमा सहयोगको भावना जागृत भएको थियो ।

त्यसबेला आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका दुवैले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए । उनका अनुसार विद्यालयका पूर्वअङ्ग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोगका लागि समन्वय गरेका हुन् ।

प्रधानाध्यापक रावतले भने, ‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए । स्विट्जरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हामीहरू विश्वस्त थिएनौँ तर हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुसी भएका छौँ ।’

पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिए पनि चालु वर्षमा भने  प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।

स्वीसका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिट्टै काम अघि बढाइने प्रधानाध्यापक रावतले जानकारी दिए । उनले भने, ‘हाम्रो विद्यालयका लागि उहाँहरुले ठूलो सहयोग गर्नुभएको छ । उहाँहरूको चाहना अनुसारै विद्यालयको भवन संरक्षणका काम अघि बढाउँछौँ ।’

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ३८ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको