तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान | Khabarhub Khabarhub

तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९-८० मा जिल्लामा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरेको हो । 

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार तीन सय ५८ गाई, तीन हजार तीन सय ८८ भैँसी र एक सय ७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा श्रेष्ठले जानकारी दिए। 

जिल्लामा कूल नौ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् । विगत वर्षभन्दा आव २०७९-८० मा कृत्रिम गर्भाधान १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा श्रेष्ठको भनाइ छ । सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताएका छन् ।

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दूधजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरू आयात गर्नुपर्दैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ । 

कार्यालयले सोही अवधिमा विभिन्न रोगबाट प्रभावित ११ हजार दुई सय ६० पशुलाई खोप लगाएको छ । डा श्रेष्ठका अनुसार १० हजार पाँच सय पशुलाई ‘लम्पी स्किन’विरुद्ध र सात सय ६० कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । 

जिल्लामा पछिल्लो समय पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्किएका युवा पशुपालनमा जोडिएका छन् । विदेशमा गर्ने दुःख स्वदेशमा गर्दा यहीँ मनग्य आम्दानी हुने कृषकको भनाइ छ । 

भेटेरीनरी अस्पताल तथा जिल्लाका स्थानीय तहले अनुदानका कार्यलाई प्राथमिकता दिएपछि कृषक यसतर्फ आकर्षित छन् । सोह्र वर्ष वैदेशिक रोजगारीमा रहेका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहेका छन् । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहे पनि नेपालमै गएर केही गर्ने हुटहुटी बोकेर थापा बङ्गुरपालनमा लागेका हुन् ।

नेपालमा रोजगारीको सम्भावना नदेखिएपछि कुवेत पुगेका थापाले स्वदेशमै फर्किएर बङ्गुरपालन सुरु गरेका हुन् । विदेशमा राम्रो कमाई हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित थापाले लाङघाली कृषि फार्म दर्ता गरी बङ्गुरपालनलाई अगाडि बढाएका छन् । 

म्याग्दे गाउँपालिका–६ का अमृत थापा र गुरुप्रसाद पौडेलले रु छ करोड लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याएका छन् । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्टी फार्ममा हालसम्म छ करोड लगानी भएको छ । 

पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन् । फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुँदै आएको छ । फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन् । 

व्यवसाय सञ्चालनका क्रममा मासिक रु ३५ लाख खर्च हुँदै आएको छ । उन्नाइस हजार कुखुरालाई दैनिक एक लाख २० हजार दानामा खर्च हुँदै आएको छ । उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १२ : ५३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको