‘बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ’  « Khabarhub

‘बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ’ 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बीपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङले आज ४ १औँ बीपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण पछि कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले बिपीलाई व्यक्ति होइन विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए । 

उनले बिपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। ‘बिपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरूले समेत बिपीको विचारलाई मान्ने गरेका छन्, तर बिपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ’, मुख्यमन्त्री पाण्डेयले भने, ‘उनले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आआफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ ।’

अब बिपीको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरूलाई मुख्यमन्त्रीले आग्रह गरे । उनले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए । कालिका मन्दिर परिसरमा ४१औँ बीपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षका बिरुवा वृक्षरोपण गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १ : ४९ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम