सडक बन्द हुँदा उत्पादित तरकारी खेतमै कुहिँदै « Khabarhub

सडक बन्द हुँदा उत्पादित तरकारी खेतमै कुहिँदै


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।

असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा  खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताएका छन् ।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । 

सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए। 

उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिए । ‘न त सडक छ, न त कोल्डस्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ’, कृषक अकबरसिंह धामीले भने ।

बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ । ‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ,  व्यवसायीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ०४ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ