प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान « Khabarhub

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको खाद्यसम्बन्धी सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् ।

सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै इटाली प्रस्थान गरेका हुन् । इटाली प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

श्रावण ८ गतेदेखि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत प्रधानमन्त्री सहभागी हुने तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी १२ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ३४ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो