प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान « Khabarhub

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको खाद्यसम्बन्धी सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् ।

सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै इटाली प्रस्थान गरेका हुन् । इटाली प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

श्रावण ८ गतेदेखि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत प्रधानमन्त्री सहभागी हुने तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी १२ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ३४ बजे

एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल

बागलुङ– बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा– रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा