राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थान « Khabarhub

राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थान


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् । 

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन । 

सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह साउदी अरबतर्फ प्रस्थान गरेका लिङदेन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी रहेका छन ।

अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नै र त्यहाँ रहँदा दुवै देशका नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया  कार्यक्रममा सहभागी हुने तथा राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्नेछन् ।

‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भने । उनका अनुसार अध्यक्ष लिङदेन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १२ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका