महिला टी-२० आई सिरिज : हङकङद्वारा नेपाललाई ८५ रनको लक्ष्य | Khabarhub Khabarhub

महिला टी-२० आई सिरिज : हङकङद्वारा नेपाललाई ८५ रनको लक्ष्य


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो ।  

चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइनन् । हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको हो ।

 हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।   

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक-एक विकेट लिए । 

नेपालले अहिले जबाफी ब्याटिङ गरिरहेको छ । नेपालले ६ ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ । पूजा महतो १३ तथा सम्झना कुमारी खड्का ११ रन बनाएर मैदानमा छन् । 

नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य रहेका छन् । 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेल्न लागेको हो । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : ५५ बजे

रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाधसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा

पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई

‘इन्कारी बयान’ दिएका रविलाई दोस्रो दिन सोधियो ५० प्रश्न

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार जिल्ला

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव

वीरगञ्ज– खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास

आजका समाचार : रविसँग ९ घण्टा बयान, प्रचण्ड भेडाबाट सिंह बन्ने र बक्यौतामा कुलमानले कसैलाई नछाड्ने

प्रधानमन्त्रीलाई कुलमानको जवाफ-बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन् नेपाल विद्युत् प्राधिकरणका