साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून « Khabarhub

साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा रू ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै संकलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन । 

साउनमा रू १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर संकलन  गर्ने लक्ष्य राखिएकोमा रू १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै संकलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा रू १४ अर्ब २४ लाख ७२ हजार बरार भ्याट संकलन गर्ने लक्ष्य राखिएकोमा रू ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार बराबर मात्रै उठेको देखिएको हो ।

त्यस्तै, अन्तःशुल्कतर्फ रू १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा रू सात अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ । पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात् रू २२ करोड २० लाख छ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात् रू ६५ करोड ७१ लाख ६३ हजार बराबर उठेको छ ।

शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा रू २० करोड ४५ लाख एक हजार बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा रू २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत विन्दुले बढी हो । 

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले रू ३९ अर्ब ८६ करोड ३४ लाख बराबर आन्तरिक राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७९-८० का लागि सरकारले रू छ खर्ब २६ अर्ब ६१ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् रू चार खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै संकलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले रू छ खर्ब ७७ अर्ब ७३ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : ०६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल