साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन « Khabarhub

साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको जिजान, अभाखामिसमा राहदानी सेवा शिविर सम्पन्न भएको छ । जेद्धास्थित महावाणिज्य दूतावासले गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वय साउदी अरबको जिजान, अभाखामिसमा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार दुई दिवसीय शिविरमा ४ सय ७७ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरेको जनाएको छ । शिविरका दौरान-साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले त्यहाँ रहनुञ्जेल गर्न हुने र गर्न नहुने कामका बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको दूतावासले जनाएको छ ।

उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ । यसअघि पनि गैरआवासीय नेपाली संघको समन्वय दूतावासले विभिन्न समयमा राहदानी सेवा शिविर सञ्चालन गर्दै आएको थियो ।

उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमूल्य समय खर्चेर सहयोग गर्ने जेद्दाका कार्यवाहक महावाणिज्यदूत श्रीमान शत्रुधन पोखरेल, श्रम सहचारि ताम्रराज काफ्ले र राजु बाँस्कोटा प्रति एनआरएनले आभार प्रकट गरेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : २१ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ