साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन « Khabarhub

साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको जिजान, अभाखामिसमा राहदानी सेवा शिविर सम्पन्न भएको छ । जेद्धास्थित महावाणिज्य दूतावासले गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वय साउदी अरबको जिजान, अभाखामिसमा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार दुई दिवसीय शिविरमा ४ सय ७७ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरेको जनाएको छ । शिविरका दौरान-साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले त्यहाँ रहनुञ्जेल गर्न हुने र गर्न नहुने कामका बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको दूतावासले जनाएको छ ।

उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ । यसअघि पनि गैरआवासीय नेपाली संघको समन्वय दूतावासले विभिन्न समयमा राहदानी सेवा शिविर सञ्चालन गर्दै आएको थियो ।

उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमूल्य समय खर्चेर सहयोग गर्ने जेद्दाका कार्यवाहक महावाणिज्यदूत श्रीमान शत्रुधन पोखरेल, श्रम सहचारि ताम्रराज काफ्ले र राजु बाँस्कोटा प्रति एनआरएनले आभार प्रकट गरेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : २१ बजे

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि